नेपालसँग ६ विकेटको पराजित भयाे  मलेसिया

दर्पण दैनिक २१ आश्विन २०८२,१२:२१
post

काठमाडौं । नेपालले महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा घरेलु टोली मलेसियाविरुद्ध ६ विकेटको जित दर्ता गरेको छ । मंगलबार मलेसियाको बायोमास क्रिकेट ओभलमा घरेलु टिमले प्रस्तुत गरेको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान इन्दु बर्माले अविजित ४८ रन बनाइन् । रुविना क्षेत्रीले अविजित २३ रन थप्दा कविता कुँवरले १६ र सम्झना खड्काले ११ रन बनाए । मलेसियाका लागि आइना हमिजा हसिम, नुर डानिया स्युहदा, माहिरा इज्जती इस्माइलले समान एक–एक विकेट लिइन् । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १११ रनको योगफल तयार पारेको थियो । मलेसियाका मास एलिसाले ६३ बलमा पाँच चौकाको मद्दतले अविजित ५६ रनको योगदान गरिन् । यसैगरी, माहिरा इज्जती इस्माइलले १८ र नुर डानिया स्युहदाले १५ रन बनाइन् ।

नेपालका लागि कविता कुँवरले तीन विकेट लिइन् । पूजा महतो र कविता जोशीले समान एक–एक विकेट लिइन् । नेपालको यो जितसँगै पाँच खेलको शृंखला २–२ को बराबरीमा आएको छ ।  शृंखलामा यसअघि मलेसियाले पहिलो र तेस्रो खेलमा क्रमशः तीन र १३ रनको जित निकालेको थियो । यता, नेपालले दोस्रो खेलमा ६ विकेटको जित निकालेका थियो । शृंखलाको पाँचौँ तथा निर्णायक खेल बुधबार हुनेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: