महिला एसिया कप : उपाधिका लागि भिड्दै भारत र श्रीलंका

दर्पण दैनिक १३ श्रावण २०८१,१४:३३
post

काठमाडौैं । नवौं महिला एसिया कपको फाइनलमा साविक विजेता भारत र श्रीलंका उपाधिका लागि भिड्दै छन् । 

खेल आज दिउँसो सवा ३ बजेदेखि  सुरु हुनेछ । 

डम्बुला क्रिकेट रंगशालामा श्रीलंकालाई हराउँदै आठौं पटक उपाधि उचाल्ने लक्ष्यमा भारत छ । 

गत संस्करणमा पनि भारतले श्रीलंकालाई नै ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।

महिला एसिया कपमा श्रीलंका र भारतको फाइनलमा भेट भने यो पाँचौं पटक हो । 

२००४ यता सुरु भएको महिला एसिया कपमा २०१८ को सिजनमा भारतलाई ३ विकेटले हराउँदै बंगलादेशले उपाधी जितेको थियो । 

त्यसबाहेक २००४, २००५, २००६, २००८, २०१२, २०१६ र २०२२ को उपाधि भारतले जितेको छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: