साफ यू-२० महिला च्याम्पियनसिप खेल्न बंगलादेश जाने नेपाली टोलीको बिदाइ

दर्पण दैनिक १७ माघ २०७९,१७:०७
post

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप खेल्न बंगलादेश जाने टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फामा भएको एक कार्यक्रमकाबीच नेपाली टोलीको बिदाइ गरिएको हो । फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशमा आयोजना हुने साफ यू–२० महिलाच्याम्पियनसिपमा नेपाल र आयोजक बंगलादेशसति भारत र भुटानसहित चार टिमको सहभागिता हुनेछ ।

यामबहादुर गुरुङ मुख्य प्रिशक्षक रहेको टोलीमा सिनियर राष्ट्रिय टिमका तीन खेलाडी दिपा शाही, प्रीति राई र अमिसा कार्की छन् । राई कप्तानको जिम्मेवारीमा पनि छिन् । सन् २०१८ मा साफ यू–१८ च्याम्पियनसिपको नामबाट सुरु भएको यस प्रतियोगिता २०२१ मा यू–१९ फर्म्याटमा भएको थियो भने २०२२ मा फेरी यू–१८ को नाममा भएको थियो ।


नेपाली टिम टोली

गोलकिपर : कविता विक, सावित्री किसन, लिला जोशी

डिफेण्डर : सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यसमलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, कुसुम खतिवडा, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिति राई (कप्तान) अन्जली मचामसी, सरस्वती हमाल, दिपा शाही

फरवार्ड : गरिमा राई, अमिसा कार्की, ममता पुन, अन्जली चन्द

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: