क्यानद्वारा नेपाल टी-२० गभर्निङ काउन्सिल विघटन

दर्पण दैनिक १८ माघ २०७९,१३:१५
post

काठमाडौं । नेपाल क्रिकेट संघले नेपाल टी-२० लिगका लागि बनाइएको गभर्निङ काउन्सिल विघटन गर्ने निर्णय भएको छ । प्रतियोगिता सकिएसँगै काउन्सिल विघटन गर्ने निर्णय भएको क्यानले जनाएको छ ।

पोखरामा सम्पन्न क्यानको बोर्ड बैठकले नेपाल टी-२० लिगको साझेदारी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गर्न वार्षिक साधारण सभामा पेश गर्ने निर्णय पनि गरेको छ । यस्तै म्यान फिक्सिङ, स्पट फिक्सिङलगायत हेर्ने क्यानले पूर्व डीआईजी ईश्वरबाबु कार्कीको संयोजकत्वमा क्यान इन्टिग्रिटी कमिटी पनि बनाएको छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: