
काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान 'ए'ले जितेको छ । आइतबार राति भारत 'ए'लाई १२८ रनले हराउँदै पाकिस्तान 'ए'ले उपाधि जितेको हो ।
आर प्रेमादासा रंगशालामा टस हारेपछि ब्याटिङमा आएको पाकिस्तान 'ए'ले तयाब ताहिरको शतकप्रेरित निर्धारित ५० ओभरमा भारत ‘ए’लाई ३५३ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा भारत ‘ए’ले ४० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन मात्र बनाउन सक्यो ।
त्यसअघि पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३५२ रनको योगफल खडा गरेको थियो ।
यी दुवै टिम प्रतियोगिताको समूह ‘बी’मा थिए । उक्त समूहबाट भारत विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्दा पाकिस्तानलाई आठ विकेटले हराएको थियो । सेमिफाइनलमा भारतले बंगलादेश ‘ए’ लाई ५१ रनले र पाकिस्तानले श्रीलंका ‘ए’ लाई ६० रनले हराएको थियो ।























































































































.jpg)
















































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google