विश्वकप क्रिकेट : भारतसँग अष्ट्रेलिया ६ विकेटले पराजित

दर्पण दैनिक २२ आश्विन २०८०,०७:२५
post

काठमाडाैं । एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले विजयी सुरुवात गरेको छ । आईतबार भएको खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतले सानदार सुरुवात गरेको हो ।

अस्ट्रेलियाले दिएको २०० रनको लक्ष्य भारतले ४१.२ ओभरमा चार विकेटको क्षतिमा पुरा गर्यो । खराब ब्याटिङक सुरुवात गरेको भारतका तीन जना खेलाडीले रन जोड्न सकेनन् । भारतका कप्तान रोहित शर्मा, ओपनर ईशान किशन र श्रेयस ऐर शुन्य रनमा आउट भए ।  भारतका लागि केएल राहुलले अविजित ९७ रन बनायो । उनले ११५ बल खेल्ने क्रममा दुई छक्का र आठ चौका हाने । यस्तै विराट कोहलीले ११६ बलमा ६ चौकाको मद्दतमा ८५ रन बनाए । हार्दिक पण्ड्याले अविजित ११ रन बनाए ।


अष्ट्रेलियका लागि जोश हेजलवुडले तीन र मिचेल स्टार्कले एक विकेट लिए । यसअघि चेन्नईमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभर ३ बलमा १ सय ९९ रनमा अल आउट भयो । अस्ट्रेलियाका स्टेभेन स्मिथले सर्वाधिक ४६ रन बनाए । यस्तै डेभिड वार्नरले ४१, मिचेल स्टार्कले २८ र मार्नुस लाबुशेनले २७ रन बनाए । बलिङतर्फ भारतका रवीन्द्र जडेजाले ३ तथा जसप्रीत बुमराह, रविचन्द्रन अश्विन र कुलदीप यादवले २/२ विकेट लिए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: