एसीसी यू–१९ प्रिमियर कप : बहराइनविरुद्ध नेपालकाे शानदार जित

दर्पण दैनिक २८ आश्विन २०८०,१२:३६
post

काठमाडाैं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा बहराइनविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । जितका लागि ७८ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो । सात विकेटकाे जित हात पार्ने क्रममा नेपालका लागि अर्जुन कुमाल र देव खनाल समान ३२/३२ रन बनाइर अविजित रहे । 

बहराइनका अनास ओबेद सैयद एक्लैले तीन विकेट लिए । उनले नेपालका दीपक बाेहाेरा, दीपक डुम्रे र उत्तम मगरलाई पेभेलियन फर्काएका थिए । चार ओभर बलिङ गरेका उनले २६ रन खर्चेका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाएर अलआउट भएको थियो । नेपाली बलरको घातक प्रदर्शनमा बहराइनको इनिङ ध्वस्त बनेको थियो । नेपाली बलरसामु बहराइनका ब्याटर खुल्नै सकेनन् । 

नेपालका दिपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरे । दिपेशले ९.५ ओभरमा ८ ओभर मेडन राख्दै जम्मा चार रन मात्र खर्चेर ६ विकेट लिए । यस्तै दुर्गेशले ७ ओभरमा एक ओभर मेडन राख्दै १८ रन खर्चेर चार विकेट लिए । बहराइनका लागि मुहम्मेद बसिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाए । उनीबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: