
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पहिलोपटक फुटसलको विश्व वरीयता सार्वजनिक गरेको छ । फिफाले मंगलबार फुटसलको वरीयता सार्वजनिक गरेको हो । सार्वजनिक वरीयताअनुसार नेपाल १२१औँ स्थानमा छ ।
वरीयतामा कुल १३९ टोली छन् । जसमा दक्षिण एसियाबाट नेपाल, माल्दिभ्स र भारत गरी तीन टिम समेटिएका छन् । वरीयतामा माल्दिभ्स ११०औँ र भारत १३५औँ स्थानमा छन् ।
वरीयताको शीर्ष स्थानमा ब्राजिल छ । यस्तै, दोस्रो स्थानमा पोर्चुगल, तेस्रो स्थानमा स्पेन, चौथो स्थानमा इरान, पाँचौ स्थानमा अर्जेन्टिना, छैटौँ स्थानमा मोरोक्को, सातौँ स्थानमा रुस, आठौँ स्थानमा काजाखस्तान, नवौँ स्थानमा थाइल्यान्ड र १०औँ स्थानमा फ्रान्स छन् ।
ब्राजिल पाँचपटक फिफा फुटसल विश्वकप विजेता हो । यस्तै, स्पेनले दुईपटक विश्वकपको उपाधि जित्दा अर्जेन्टिना र पोर्चुगल समान एकपटक च्याम्पियन बनेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google