टी-२० वरियतामा दीपेन्द्र शीर्ष १० मा पर्न सफल

दर्पण दैनिक २ जेष्ठ २०८१,१६:२५
post

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अलराउण्डर वरियतातर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले एक स्थान सुधार गरेका छन् । आईसीसीले निकालेको नयाँ वरियतामा दीपेन्द्रले एक स्थान सुधार गर्दै शीर्ष १० मा स्थान बनाएका हुन् । यसअघि उनी ११औं स्थानमा थिए ।

अलराउण्डरतर्फ नेपालका कप्तान रोहित पौडेल एक स्थान घट्दै ६६औं स्थानमा पुग्दा कुशल मल्ल ३३ औं र गुलशन झा ६१ औं स्थानमा यथावत छन् । करण केसीले ७४औं स्थानमा छन् ।

ब्याटिङतर्फ दीपेन्द्र ५०औं, रोहित ६१औं र आसिफ शेख ८७ औं स्थानमा छन् । बलिङतर्फ सोमपाल कामी ९२औं स्थानमा छन् ।

 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: