एशिया कप : आज बाङ्लादेश र श्रीलंका भिड्दै

दर्पण दैनिक १४ भाद्र २०८०,०८:१८
post

काठमाडाैं । एशिया कप अन्तर्गत आज बाङ्लादेश र श्रीलंका भिड्ने भएका छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बाट शुरू हुनेछ । बाङ्लादेश शकिब अल हसनको कप्तानीमा र श्रीलंका दसुन शनाकाको कप्तानीमा मैदानमा उत्रनेछ ।

यस पटकको एशिया कप ‘हाइब्रिड मोडल’मा सञ्चालन भएकाले यो खेल श्रीलंकाको पल्लिकेली रंगशालामा हुनेछ । यसअघि हिजो भएको पाकिस्तान र नेपालबीचको खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा भएको थियो ।

प्रतियोगितामा बाङ्लादेश र श्रीलंका समूह ‘बी’मा छन्। यी टोलीसँगै यो समूहमा अफगानिस्तान पनि छ ।

नेपाल, भारत र पाकिस्तान समूह ‘ए’मा छन्। नेपालविरुद्धको खेलमा जित हात पारेसँगै पाकिस्तान दुई अंक सहित समूह ‘ए’को शीर्ष स्थानमा छ । पाकिस्तानले शनिबार चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ ।
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: