फुटबलर सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा चोक’ र ‘साम्बा स्तम्भ’ निर्माण

दर्पण दैनिक ६ जेष्ठ २०८२,१३:२५
post

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजार चोकलाई ‘साम्बा चोक’ नामकरण गरिएको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ ‘साम्बा चोक’ नामकरण गरिएको हो ।

सो स्थानमा सावित्राको तस्वीर अंकित ‘साम्बा स्तम्भ’ पनि निर्माण गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हबल्दार सावित्रा भण्डारी(साम्बा) स्वदेशमा मात्र नभई विदेशमा समेत चिर्चित फुटबलर हुन् । हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लव एना भान गेङगाङ्पमा आवद्ध छिन् ।

साम्बा स्तम्भको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ्गले आज जेठ ५ गते उदघाटन गरे ।

उदघाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, मर्स्याङ्दी  गाउँपालिका–९ का वडा अध्यक्ष हरिस चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति लगायत स्थानीयको उपस्थिति थियो ।

साथै कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी(साम्बा)का बुवा–आमालाई समेत सम्मान गरिएको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: