भारतले जित्याे यू–१९ महिला विश्वकप उपाधि

दर्पण दैनिक १६ माघ २०७९,१३:१७
post

काठमाडाैं । भारतले आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटको उपाधि जित्न सफल भएको छ । इंग्ल्यान्डलाई फाइनलमा सात विकेटले हराउँदै भारतले यू–१९ महिला टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको हो ।

टस जितेर पहिले फिल्डिङ रोज्नु नै भारतको लागि मुख्य टर्निङ प्वाइन्ट बन्यो । यसअघि उत्कृष्ट प्रदर्शन गर्दै आएको इंग्ल्यान्डले फाइनलमा भारतविरुद्ध भने खराब ब्याटिङ गर्‍याे । १७.१ ओभरमा सबै विकेटको क्षतिमा ६८ रनमै समेटिएको इंग्ल्यान्ड पूरै दबाबमा आएको थियो ।

इंग्ल्यान्डका लागि रियाना म्याक–डोनाल्डले १९, सोफिया स्मल र एलेक्सा स्टोनहाउसले समान ११–११ रन बनाए । बलिङतर्फ भारतका तितास साधु, अर्चना देवी र पस्रवभी चोपराले समान २–२ विकेट लिए ।

६९ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले १४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो । भारतका सौम्या तिवारी र गोंगदी त्रिसाले २४–२४ रन बनाए । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: