ललितपुरकाे नल्लुमा चौथो राष्ट्रव्यापी कराँते प्रतियोगिता आयोजना

दर्पण दैनिक २३ आश्विन २०८०,१२:०७
post

ललितपुर । कोन्ज्योसोम गाउँपालिका ४ नल्लुमा चौथो राष्ट्रव्यापी कराँते प्रतियोगिता आयोजना गरिएको छ । 

पाथीभरा सो–क्योकुशिन कराँते डोजोको आयोजनामा यही आउँदो शुक्रवार र शनिवार नल्लु फुटबल ग्राउण्डमा सो प्रतियोगिता हुन लागेको हो । 

गाउँपालिकाभित्रका खेलाडीको मनोबल बढाउन र उनीहरुमा रहेको प्रतिभालाई बाहिर ल्याउन सो खेल गराइने भएको डोजोका प्रशिक्षक विजय घलानले जानकारी दिएका छन् । प्रतियोगितामा १३ जिल्लाका करिव ३०० खेलाडी सहभागी हुने उनले बताए।  डोजो खेलमार्फत आफ्नो नयाँ पहिचान बनाउन इच्छुक व्यक्तिलाई सहयोग पुग्ने घलानको भनाइ छ । 

उक्त खेलमा प्रथम हुनेलाई रु १० हजार सहित चाँदीको मेडल दोस्रोलाई रु पाँच हजार सहित मेडल तथा तेस्रोलाई रु दुई हजार पाँच सय सहितको मेडल र चौथोलाई रु दुई हजार सहित मेडल दिने घोषणा भएको आयोजक टिमले जानकारी गराएको छ ।
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: