एमबाप्पे कप्तान बनेपछि पहिलो खेलमा फ्रान्सको शानदार जीत

दर्पण दैनिक ११ चैत्र २०७९,१२:४१
post

काठमाडाैं । किलियन एम्बाप्पे कप्तान बनेपछिको पहिलो खेलमा फ्रान्सले शानदार जीत दर्ता गरेको छ ।

गएराति युरो कप छनोट अन्तर्गत ग्रुप 'बी'को पहिलो खेलमा फ्रान्सले नेदरल्यान्डस्लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले दोस्रो मिनेटमै गोल गरे । आठौं मिनेटमा डेअट उपमेकानोले फ्रान्सका लागि दोस्रो गोल गरे । 

एम्बाप्पेले २१ र ८८ औं मिनेटमा २ गोलपछि फ्रान्सले सहजै ४-० को जीत दर्ता गरेको हो । 

समूह बीमै ग्रीसले जिब्राल्टरलाई ३–० गोल अन्तरले पराजित गर्‍यो । फ्रान्सले अब आयरल्याण्डसँग मार्च २८ मा खेल्नेछ। 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: