काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा ‘क्लिन स्विप’ गरेपछि सन्दीप लामिछानेले बुधबार जितमा आफ्नो योगदान जस्तो भए पनि देशले क्रिकेट जितेको बताएका छन् ।
'मैले कति योगदान गर्न सके थाहा छैन । तर, मेरो देशले क्रिकेट जितेको छ । यो साथ यो मायाको लागि सम्पूर्णमा हृदय देखी आभारी छु,' सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन् ।
मंगलबार सम्पन्न नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित एकदिवसीय त्रिदेशीय शृंखलामा उनले कुल १३ विकेट लिएका थिए ।
सन्दीपलाई नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ । त्यही कारण उनलाई राष्ट्रिय टिमबाट खेल्न दिन हुने/नहुनेबारे पनि विवाद भएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google