काठमाडाैं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालका दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा ६ वटा छक्का प्रहार गरेका छन् । उनले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।
दीपेन्द्रले अर्धशतकीय पारी खेल्दै सर्वाधिक रन बनाए । उनी ६४ रनमा अविजित रहे । यस क्रममा उनले ७ छक्का र ३ चौका प्रहार गरे ।
यससँगै दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडीसमेत बनेका हुन् । यसअघि पनि दीपेन्द्रले मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए । तर एकै ओभरमा हानेको भने पहिलोपटक हो ।
आशिफ शेखले पनि अर्धशतकीय पारी खेल्दै ५२ रन बनाएपछि कतारलाई नेपालले २११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको हो ।
यस्तै कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, सन्दीप जोराले ७, कुशल भुर्तेलले १२, गुल्सन झाले ५ र विवेक यादवले ५ रनको योगदान दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google