नेपाललाई यूएईले दियो ३ सय ११ रनको विशाल लक्ष्य

दर्पण दैनिक २ चैत्र २०७९,१३:३४
post

काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोाणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा जितका लागि नेपालले ३ सय ११ रनको विशाल लक्ष्य पाएको छ । 

नेपालले लिग २ मा पाएको सबैभन्दा विशाल लक्ष्य हो । लिग २ मा नेपाललाई ३ सय रनको विशाल योगफल दिने युएई पहिलो टोली हो । 


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३  सय १० रनको योगफल तयार पारेको थियो । 

छैटौं विकेटका लागि आशिफ र अरविन्दले १३५ रनको साझेदारी गरे। वृत्या अरविन्द ९४ रनमा क्याच आउट भए । युएईका आशिफ खान १०१ रनमा नटआउट रहे ।

विस्फोटक ब्याटिङ गरेका आशिफले ४१ बलमा ३ चौका र ११ छक्का प्रहार गर्दै शतक पुरा गरे। १३५ बलको सामना गरेका अरविन्दले ८ चौका र २ छक्का हाने । 


ओपनर आयान लाक्रा ६ रनमा आउट भए। कप्तान मुहम्मद वसिम ६३ रनमा एलबीडब्लु धरापमा परे । ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरेका उनलाई सन्दीप लामिछानेले पवेलियनको बाटो देखाए । 

चुन्दनगापोयिल रिजवान ३ रनमा क्याच आउट भए । रोहन मुस्तफा २० रन बनाउदा दिपेन्द्रसिंह ऐरिको बलमा एलबीडब्लु धरापमा परे । 

नेपालका दिपेन्द्रसिंह ऐरिले २ विकेट लिए । ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट झारे । कसिलो बलिङ गरेका ललितले आफ्नो स्पेलमा मात्र २७ रन खर्चे। 

दिपेन्द्रले ८ ओभरमा २ मेडन राख्दै १९ रन दिए । सन्दीपले आफ्नो स्पेलमा ८० रन खर्चेर १ विकेट आफ्नो नाममा गरे ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: