काठमाडौं । युएई र बंगलादेश जारी एसीसी यू-१९ एशिया कपको फाइनलमा पुगेका छन् । शुक्रबार भएको सेमिफाइनलका खेलमा युएईले पाकिस्तानलाई र बंगालदेशले भारतलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
आयोजक समेत रहेको युएईले पाकिस्तानलाई ११ रनले पराजित गरेको थियो । युएईले दिएको १९४ रनको लक्ष्य पछाएको पाकिस्तानले ४९.३ ओभरमा अल आउट हुदै १८२ रन मात्र बनाएपछि युएईले खेल ११ रनले जितेको थियो ।
त्यस्तै अर्को सेमिफाइनलमा बंगलादेशले भारतलाई ४ विकेटले परजित गरेको हो । भारतले दिएको १८९ रनको लक्ष्य पछाएको बंगलादेशले ४२.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
योसँगै भारत र पाकिस्तान सेमिफाइनलमा पराजित हुदै एशिया कपबाट बाहिरिएका छन् भने फाइनलमा आइतबार युएई र बंगलादेशको भिडन्त हुने छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google