एसीसी यू-१९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

दर्पण दैनिक २४ मंसिर २०८०,१५:२६
post

काठमाडौं । अफगानिस्तानले एसीसी यू-१९ एसिया कपमा नेपालसामु २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मा टस हारेर ब्याटिङमा उत्रिएको अफगानिस्तान टोलीले जम्सिद जद्रानको शतकप्रेरित निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनायो ।


प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नैपर्ने दबाब छ । दुवै टिम आज पहिलो जितको खोजीमा छन् । यसअघि, पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग सात विकेटले नै पराजित भएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो मङ्गलवार भारतसँग खेल्नेछ । आईसीसी एकेडेमी ओभर-२ मा हुने यो खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।

समूह ‘ए’मा नेपालबाहेक बाँकी तीनै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ ।

गएको अक्टोबरमा भएको छनोटबाट नेपाल, युएई र जापानले शीर्ष तीन स्थान हासिल गर्दै एसिया कपमा ठाउँ बनाएका हुन् । नेपाल प्रिमियर कपको विजेता, युएई उपविजेता र जापानले तेस्रो स्थान सुरक्षित गर्दै युएईको टिकट काटेको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: