सोलुखुम्बु । लिखुपिके गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । सो अध्यक्ष कप खेलकुद प्रतियोगिता लिखुपिके गाउँपालिका काफ्लेचौरस्थित हिमागङ्गा माध्यमिक विद्यालयको प्राङ्गणमा तीन दिनसम्म चल्ने छ ।
सो अध्यक्ष खेलकुद प्रतियोगितामा भलिबल, ब्याडमिन्टन, कबड्डी, सर्टफुट, म्याराथन, लङजम्प र सियोधागो गरी सात खेल हुनेछन् ।
भलिबलतर्फ आज भएको लिखुपिके गाउँपालिका वडा नम्बर पाँच र वडा नम्बर तीनबीचको पहिलो खेलमा वडा नम्बर पाँच भकान्जेले जितेको छ ।
त्यस्तै दोस्रो खेलमा आयोजक टीम र वडा नम्बर २ गोलीको टीम ूएू बिच खेल भएको थियो । सो खेलमा वडा नम्बर २ गोलीको टीम ूएू ले जितेको छ ।
तेस्रो खेल वडा ४ को ए र बी टीमबीच भएको थियो । सो खेलमा वडा नम्बर ४ को टीम ूबीू ले जितेको छ । चौथो खेल वडा नम्बर ५ भकान्जे र वडा नम्बर २ गोलि टीम ूबीू बिच भएको थियो । यो खेलमा भने गोली टीम ूबीू ले जित हात पारेको छ ।
उद्घाटन खेलमा खेलकुद समिति र आयोजकबिच एक सेटको प्रतिस्पर्धा भएको थियो । सो प्रतिस्पर्धामा खेलकुद समितिले जितेको छ ।
भलिबलतर्फको खेलमा सात समुहले भाग लिएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google