
काठमाडाैं । नेपालले आईसीसी यु-१९ पुरुष विश्वकप एसिया छनोट-२०२५ को आयोजना गर्ने भएको छ । आईसीसी यु-१९ पुरुष विश्वकप एसिया छनोट १२-२१ अप्रिल, २०२५ सम्म हुने तय भएको छ । उक्त प्रतियोगिताका लागि नेपाल आयोजक राष्ट्रका रूपमा छनोट भएको छ ।
प्रतियोगितामा आयोजक नेपालसँगै, अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुनेछन् । प्रतियोगिताको विजेता राष्ट्रले सन् २०२६ मा हुने आईसीसी यु-१९ विश्वकप क्रिकेटमा स्थान पक्का गर्नेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google