नेपाललाई पदक दिलाउन सफल पलेशालाई पूर्वराजा ज्ञानेन्द्रले दिए बधाई

दर्पण दैनिक १६ भाद्र २०८१,१३:२७
post

काठमाडौं । पारा ओलम्पिकमा नेपालका लागि पहिलो पटक पदक दिलाउन सफल पालेशा गोवर्धनलाई पूर्वराजा ज्ञानेन्द्र शाहले बधाई दिएका छन् । पेरिसस्थित ग्राण्ड प्यालेसमा भएको पारा ओलम्पिकमा तेक्वान्दोकी पलेशा गोवर्धनले नेपालका लागि कास्य पदक जितेपछि पूर्वराजा शाहबाट पनि बधाई आएको हो ।

६० वर्षपछि ओलम्पिक इतिहासमा नेपालका लागि पहिलो पदक प्राप्त गरेको खबरले आफूलाई खुसी तुल्याएको पनि उनले बताएका छन् । पूर्वराजा शाहका संवाद सचिव डा. फणिराज पाठकले आइतबार जारी गरेको वक्तव्यमा अनेकन प्रतिकुलतकाबीच मिलेको सफलताले खुसी तुल्याएको बताएका छन् ।

‘देशले विभिन्न चुनौतीहरूको सामना गरिरहनु परेको वर्तमान समयमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले अनेकौँ प्रतिकुलताका बावजुद नेपाली खेलकुद इतिहासमै ठूलो सफलता दिलाएकी छन् । यसले नेपालको राष्ट्रिय गौरब बढाएको हामीले महशुस गरेका छौँ’, उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय खेलकुदमा ऐतिहासिक र पहिलो ठूलो पदक जित्न सफल भएकोमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनसहित तेक्वान्दो एसोशियसन र तेक्वान्दो टीमलाई यो सफलताको लागि बढाई तथा शुभकामना !’

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: