काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले विश्वकपमा छनोट भएको राष्ट्रिय क्रिकेट टोलीमा रहेका आफ्ना प्रदेशका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई नगदसहित सम्मान गर्ने भएको छ ।
प्रदेश सरकारले दीपेन्द्रलाई ६ लाख, सन्दीप जोरा र विनोद भण्डारीलाई समान ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
नेपालले कार्तिक १७ गते मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । नेपालले सन् २०१४ पछि पहिलो पटक विश्वकप खेल्दैछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google