त्रिदेशीय टी-२० आई क्रिकेट : नेपाल र यूएईबीच शुक्रबार फाइनल खेल हुने

दर्पण दैनिक ९ कार्तिक २०८०,०९:४४
post

काठमाडौं । नेपालमा जारी त्रिदेशीय टी-२० आई क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा हङकङले यूएईलाई ६९ रनले पराजित गरेको छ । बुधबारको खेलमा पराजित भए पनि रनरेटका आधारमा हङकङलाई पछि पार्दै यूएई फाइनलमा पुगेको हो ।

अब यूएईले नेपालसँग फाइनल खेल्ने भएको छ । यूएई र हङकङले खेलेका चार खेलमध्ये एक/एक खेलमा जित निकालेका छन् भने तीन/तीन खेलमा पराजय ब्यहोरेका छन् । जसका कारण यी दुई टोलीको समान २/२ अंक छ । तर, रनरेटका आधारमा पछि परेकाले हङकङले बुधबारको खेलमा जित निकालेर पनि फाइनलको यात्रा तय गर्न सकेन ।

नेपाल भने चारै खेलमा अविजित रहँदै आठ अंकका साथ फाइनलमा पुगिसकेको छ । नेपाल र यूएईबीचको फाइनल खेल शुक्रबार हुनेछ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: