काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेशका लागि आज जनकपुर बोल्टस् र कर्णाली याक्स भिड्दै छन् । सुदूरपश्चिम रोयल्स् एनपीएलको फाइलनमा पुगिसकेको छ । बुधबार जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको थियो । फाइनलमा पुग्ने दोस्रो टोलीका लागि आज जनकपुर र कर्णालीको प्रतिस्पर्धा नहुन लागेको हो ।
पछिल्लो पाँच खेलमा हेर्दा जनकपुरभन्दा कर्णाली बलियो देखिएको छ । जनकपुरले खेलेका पछिल्ला पाँच खेलमा दुई खेल जितेको छ भने तीन खेल हारेको छ । जनकपुर पहिलो क्वालिफायरमा बुधबार सुदूरपश्चिमसँग पराजित भएको थियो । त्यस्तै, एनपीएलको समूह चरणमा चितवन र सुदूरपश्चिमसँगै पराजित भएको थियो ।
बुधबार भएको इलिमिनेटरमा चितवनलाई पराजित गरेर दोस्रो क्वालिफायरमा पुगेको हो । कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो । तथापि, रनरेटका आधारमा काठमाडौलाई पछि पार्दै प्लेअफमा पुगेको थियो । त्यसअघिका तीन खेल लगातार जितेको थियो।
फाइनल प्रवेशका लागि आज जनकपुरसँग प्रतिस्पर्धा गर्दा पनि कर्णाली उच्च मनोलबलसहित मैदानमा उत्रिनेछ । जनकपुरलाई भने पछिल्ला दुई खेल लगातार हारेकाले मनोबल उच्च बनाउन गाह्रो हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा आज मध्याह्न १२:३० बजे जनकपुर र कर्णालीको खेल हुँदै छ। विजेता टोली उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google