धनगढी एफसीको ब्रान्ड एम्बास्डरमा मिस पवी नियुक्त

दर्पण दैनिक २० आश्विन २०८०,०९:०२
post

काठमाडौं । ग्रो ड्रिमर्सको स्वामित्वमा रहेको नेपाल सुपर लिग (एनएसएल) को साविक उपविजेता टोली धनगढी एफसीले आफ्नो ब्रान्ड एम्बास्डरमा कलाकार तथा मोडल मिस पवी (पवी साँकी) लाईं नियुक्त गरेको छ ।

धनगढी एफसीका सिईयो सकुश केसी र कलाकार मिस पवीले शुक्रबार एक कार्यक्रमबीच ब्रान्ड एम्बास्डर नियुक्तिको सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार मिस पवी यस सिजनको एनएसएलको लागि धनगढी एफसीको ब्रान्ड एम्बास्डर हुनेछिन । धनगढी एफसीको खेलका बेला मिस पवीले स्टेडियममा बसेर धनगढी एफसीलाई समर्थन समेत गर्नेछिन् । धनगढी एफसीको ब्रान्ड एम्बास्डर नियुक्त भएपछि मिस पवीले एकदमै उत्साहित भएको प्रतिक्रिया दिइन् ।

धनगढी एफसीका सीइओ केसीले सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रतिनिधत्व गरिरहेको धनगढी एफसीको ब्रान्ड एम्बास्डरको रुपमा सोही क्षेत्रकै लोकप्रिय कलाकार मिस पवीलाई ब्रान्ड एम्बास्डरको रुपमा पाउँदा खुशी व्यक्त गरे ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: