सरकारले जग्गा उपलब्ध गराउँछ भने रंगशाला बनाउन हामी पहल गर्नेछौँ : बालेन शाह

दर्पण दैनिक १९ भाद्र २०८०,११:०४
post

काठमाडाैं । सरकारले काठमाडौं महानगर वा आसपासमा सय रोपनी जग्गा उपलब्ध गराए महानगरपालिकाका तर्फबाट क्रिकेट रंगशाला बनाउन पहल गरिने मेयर बालेन्द्र शाहले बताएका छन् । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका शाहले त्यहाँको क्रिकेट स्टेडियम हेरेपछि सामाजिक सञ्जालमार्फत सरकारले जग्गाको व्यवस्था गरे महानगरका तर्फबाट क्रिकेट रंगशाला बनाउन पहल गर्ने घोषणा गरेका हुन्।  

‘गजबको कुरा के थियो भने त्यहाँ (श्रीलंका) खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियमजस्तै थियो, केही प्याराफिट र अलि बढी सुविधा। नेपालमा त्यही स्तरको रंगशाला जग्गाबाहेक ८०/९० करोडमा नै बन्छ सायद’, त्यहाँको भिडिओ राख्दै बालेन्द्रले लेखेका छन्, ‘यसैले नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ।’ 


बालेन्द्रले राखेको स्टाटस

 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५