क्यानडालाई पराजित गर्दै नेपालले जित्याे एकदिवसीय सिरिज

दर्पण दैनिक २७ माघ २०८०,१८:१४
post

काठमाडाैं । लगातार दुई खेलमा क्यानडालाई पराजित गर्दै नेपालले एकदिवसीय सिरिज जितेको छ । २८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै नेपालले एक खेल अगावै सिरिज जितेको हो । त्रिवि क्रिकेट मैदानमा ​शनिवार क्यानडाले दिएको लक्ष्य पछ्याउने क्रममा नेपालले ६ विकेट गुमाएर २९ बल बाँकी छँदै खेल जितेको हो ।

नेपाललाई सिरिज जिताउने क्रममा कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६ र अनिल साहले ५० रनको अर्धशतकीय पारी खेले । भीम सार्कीले २३ र पवन शर्राफले १४ रन बनाए । 

पहिलो खेल ७ रनले जितेको नेपालले दोस्रो खेल ४ विकेटले जितेको हो । टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रनको योगफल बनाएको थियो ।

क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधिक ६५ रन जोडे । उनले ६२ बलमा १० चौका र दुई छक्कासहित ६५ रन बनाएका हुन् । त्यस्तै नवनित धलिवालले ४६ रन बनाए । श्रेयश मोभ्वाले ४० रन बनाए ।

पर्गत सिंहले ३८ रन बनाए भने निकोलस कीर्तन र उदय भगवानले समान २०/२० रन जोडे । दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाई १३ रन बनाए । नेपालका लागि रोहित पौडेल र कुशल मल्लले समान २/२ विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १/१ विकेट लिएका थिए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५