विश्वकप खेल्ने नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका सार्वजनिक

दर्पण दैनिक २९ बैशाख २०८१,०८:३३
post

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपका निम्ति एक महिनाअघि नै अमेरिका पुगेको नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार नेपाली टिमको तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकाअनुसार नेपालले फ्लोरिडामा मे ८ देखि १२ सम्म प्रशिक्षण गर्नेछ । मे १२ मा भिन्सेन्ट प्रस्थान गर्ने नेपालले त्यहाँ मे १३ मा प्रशिक्षण, १४ मा पहिलो प्रशिक्षण खेल, १६ मा दोस्रो र १८ मा तेस्रो प्रशिक्षण खेल खेल्नेछ ।

मे १९ मा नेपाल ह्युस्टन प्रस्थान गर्नेछ । जहाँ नेपालले २१ मेमा प्रशिक्षण र २२ मेमा ह्युस्टन हुरिकेन्ससँग तयारी खेल खेल्नेछ । मे २५ देखि नेपालले आईसीसीको आधिकारिक वार्म अप म्याच खेल्नेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: