महिला टी-२० : तान्जानियासँग नेपाल पराजित

दर्पण दैनिक २९ कार्तिक २०८०,१०:१२
post

काठमाडौं । चार देशसम्मिलित ट्वान्टी २० शृंखलाको पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको छ । बुधबार बिहान हङकङमा भएको खेलमा तान्जेनियाले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र ८८ रन बनाउन सक्यो ।

नेपाल र तान्जेनिया पहिलो पटक प्रतिस्पर्धा गरेका हुन् । तान्जेनियाले दुई अंक जोडेको छ । हालसम्म दुई देशबीच प्रतिस्पर्धा भएको थिएन । फातुमा किबासुको कप्तानीमा रहेको तान्जेनिया आईसिसी वरियतामा १९औं र नेपाल २१औं स्थानमा छ ।  नेपालले यसपछि शृंखलामा आयोजक  हङकङ र जापानसँग खेल्नेछ । तालिकामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि नोभेम्बर १९ मा प्रतिस्पर्धा गर्नेछन् ।
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: