आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को लागि खेलाडी छनोट, सन्दीप लामिछानेलाई पनि समावेश

दर्पण दैनिक १७ आश्विन २०८२,१४:१९
post

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को आयोजनामा आगामी बुधबारदेखि ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । 

संयुक्त अरब इमिरेट्स (युएई) मा वेस्ट इन्डिजविरुद्धको तीन शृङ्खला खेल्न गएको १६ सदस्यीय टोलीका सदस्यमध्ये साहब आलम भने टोलीबाट बाहिरिएका क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । 

त्यसैगरी,  टोलीमा सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ । यसअघि उनले वेस्ट इन्डिजसँगको सिरिजको पहिलो खेल सुरु हुनु करिब ४५ मिनेट अगाडि मैदानमा उत्रन अस्वीकार गरेका थिए ।  क्यानले उनलाई कारबाहीस्वरुप वेस्ट इन्डिजविरुद्धको अन्तिम दुई खेलमा निलम्बन गरेको थियो । 

छनोट खेलका निम्ति चयन भएका अन्य खेलाडीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंहऐरीसहित सन्दीप जोरा, सन्दीप लामिछाने, कुशल भूर्तेल, लोकेस बम, कुशल मल्ल र आसिफ शेख छन् । 

त्यसैगरी आदिल आलम, करण केसी, नन्दन यादव, आरिफ शेख, ललित नारायण राजवंशी, गुलशन झा तथा सोमपाल कामीलाई टोलीमा समेटिएको छ । प्रतियोगितामा भाग लिन उक्त टोली ओमान पुगिसकेको क्यानले जनाएको छ ।
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: