काभ्रे । स्थानीय तहमा खेलकुदको प्रवद्र्धन तथा प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले तेमाल गाउँपालिकामा गाउँपालिकास्तरीय चौथौ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । तेमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।
तेमाल–५, पोखरी नारायणस्थान खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा पालिकाभित्रका १० सामुदायिक विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङले खेलकुद स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको उल्लेख गर्दै गाउँपालिकाले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताए । प्रतियोगिताले तेमाल गाउँपालिकामा खेलकुद विकासमा थप ऊर्जा दिने उनकाे दाबी छ ।
तेमाल शिक्षा शाखाका सहजकर्ता भिम दोङले कार्यक्रमको समापन समारोह पौष २५ गते शुक्रबार दिउँसो १२ बजे सम्पन्न हुने बताए ।
























































































































.jpg)

















































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google