एसिया ट्रायथलनको वरिष्ठ सल्लाहकारमा निलेन्द्रराज

दर्पण दैनिक २९ श्रावण २०८०,१७:५०
post

ललितपुर । नेपाल ओलम्पिक कमिटीका महासचिव एवं नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ एसिया ट्रायथलन एसोसियसन (एएसटी) को वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन् । आइतबार साउदी अरेबियाको रियादमा बसेको निर्वाचित प्रतिनिधिको पहिलो बैठकले श्रेष्ठलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको हो । यो नियुक्तीपछि अब श्रेष्ठले एसिया ट्रायथलनको केन्द्रिय कमिटीको बैठकमा पनि सहभागिता जनाउन पाउने छन् ।


एएसटीको जुन २३ मा जापानको गामागोरीमा भएको साधारण सभाले साउदी राजकुमार फाहद बिन जलावी बिन अब्दुल्ल अजिजलाई अध्यक्षमा चयन गरेको थियो । त्यसपछि गत अगष्ट ५ तारिखमा बसेको कमिटीको पहिलो तथा ९० औं कार्यकारी बैठकले श्रेष्ठलाई अध्यक्षको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठ अन्तर्राष्ट्रिय ट्रायथलन संघको एनओसी रिलेसन कमिसनका सदस्य पनि हुन् ।

श्रेष्ठले एसिया ट्रायथलनको महत्वपूर्ण पदमा नियुक्त भएको प्रतिक्रिया दिंदै यसले अब नेपालमा ट्रायथलनको विकासमा अझ बढी सक्रिय भूमिका निभाउन सकिने विश्वास ब्यक्त गरे । निलेन्द्र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा अब्बल मानिएका श्रेष्ठले छोटो केही वर्षमै  नेपालमा ट्रायथलन खेलको विकास र विस्तार गरेका छन् । 

यो खेल दक्षिण एसियामा समेत लोकप्रिय बन्दै गएको छ । नेपाल ट्रायथलनको संघको अध्यक्ष हुन अगाडि श्रेष्ठले महासचिवका रूपमा पनि जिम्मेवारी सम्हालेका थिए । श्रेष्ठ जसको सल्लाहकार बनेका छन् , उनै राजकुमार फहाद साउदी ओलम्पिक र पाराओलम्पिक कमिटीका समेत उपाध्यक्ष पनि हुन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: