काठमाडौं महानगरले नेपाल–बंगलादेशको साफ फाइनल खेल ‘लाइभ’ देखाउने, यी हुन ताेकिएका स्थान

दर्पण दैनिक १४ कार्तिक २०८१,१३:११
post

काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपको फाइनल खेल लाइभ देखाउने भएको छ।महानगरका अनुसार नेपाल र बंगलादेशबीच आज हुने फाइनल खेल टुँडीखेल, चाबहिल फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ) मा लाइभ देखाउने भएको हो ।

साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेलमा आज नेपाली महिला फुटबल टिमले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।  खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ साढे ६ बजे सुरु हुने खेलका लागि एन्फाले भौतिक रुपमा नै बुधबार टिकट बिक्री वितरण गरेको छ । अनलाइनबाट टिकट बिक्री गर्दा समस्या भएको र क्षमताभन्दा बढी बिक्री भएको पाइएपछि एन्फा आफैले बुधबार बिहानैबाट टिकट बिक्री गरेको हो ।  

फाइनल खेल हेर्नका लागि टिकट लिनका लागि दर्शकहरू रातीदेखि नै लाइनमा लागेका थिए । खेल हेर्न धेरै दर्शकहरू हुने भएकाले महानगरले एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउने जनाएको छ । ‘खेलको प्रवर्द्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जानु हुन फुटबल खेलप्रेमी दर्शकहरूलाई अनुरोध गर्दछौँ ।’

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: