स्कटल्याण्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल

दर्पण दैनिक १३ माघ २०८२,१२:२२
post

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । टीयू क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएसँगै समूह चरणबार्ट बाहिरिएको छ । समूह चरणमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो ।

नेपाल रहेको समूहबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन् । नेपाल र जिम्बाब्बे चौथो र पाँचौं नम्बरमा रहँदै प्रतियोगिताबाट बाहिरिएका हुन् । स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल ६८ रनमै रोकियो । नेपालका लागि रोमा थापा र विन्दु रावलले समान १४ र रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कप्तान इन्दु बर्मा रिटायर्ड हर्ट भइन् । बलिङ स्कटल्याण्डकी अब्दह मक्सुदले सर्वाधिक ३ विकेट लिइन् । त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

स्कटल्याण्डका लागि प्रियांज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । उनले २८ बलमा ७ चौका प्रहार गरिन् । बलिङमा नेपालकी मनिषा उपाध्ययले सर्वाधिक ४ विकेट लिइन् । रुविना क्षेत्रीले ३, रिया शर्मा, सीता रानामगर र कविता जोशीले एकएक विकेट लिए ।
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: