पाँच खेलको टी-२० सिरिज : नेपाल र वेस्ट इण्डिज ‘ए’ भिड्दै आज

दर्पण दैनिक १५ बैशाख २०८१,०६:३५
post

काठमाडाैं । नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि शुरू हुँदैछ । पाँच खेलको टी-२० सिरिजको पहिलो खेल आज दिउँसो सवा १२ बजे त्रिवि मैदान कीर्तिपुरमा शुरू हुनेछ ।

 वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो । वेस्ट इण्डिज 'ए'मा सिनियर टिममा खेलेका खेलाडीहरू पनि छन् ।

आइसिसी टी–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरूप नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्न लागेको हो । नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।
 

घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, विनोद भण्डारी, अनिल शाह, आरिफ शेख, ललित राजवंशी, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा र करण केसी छन् । त्यसैगरी सोमपाल कामी, प्रतिश जीसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द,.सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम छन् ।

यसैगरी वेस्ट इन्डिज ए टोलीको कप्तानमा रोस्टन चेससहित एलिक एथानाजे, फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स छन् । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: