एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्दै आज

दर्पण दैनिक ३१ भाद्र २०८०,०८:१५
post

काठमाडौं । एसिया कप क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै छन् । खेल श्रीलंकाको घरेलु मैदान कोलम्बोमा हुँदैछ । खेल दिउँसो ३ः१५ बजे आर प्रेमदासा क्रिकेट मैदानमा शुरु हुनेछ । यो खेल दुवै टिमका लागि निकै नै चुनौतीपूर्ण रहेको छ । 

भारतले पाँच वर्षको उपाधि खडेरी चिर्ने प्रयास गर्नेछ भने साविक विजेता श्रीलंका सामु उपाधि रक्षा गर्ने चुनौती छ ।  दुवै टिम आठौँ पटक एसिया कपको उपाधिका लागि फाइनलमा भिड्दै छन् । यसअघि भएका सात आपसी भिडन्तमा भारतले ४ तथा श्रीलंकाले ३ पटक उपाधि जितेको थियो । 


भारत र श्रीलंकाबीच अहिलेसम्म १६६ एक दिवसीय खेल भइसकेको छ । जसमा भारतले ९७ तथा श्रीलंकाले ५७ खेल जितेको छ । ११ खेल भने नतिजाविहीन भएको थियो । एक खेल बराबरी (टाइ) मा सकिएको थियो । एसिया कपमा यी दुईबीच २० खेल भएकामा दुवै टिमले १०–१० खेल जितेका छन् । 
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: