काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका मुख्य अलराउन्डर गुलशन झाले यू–१९ एसिया कप खेल्ने निश्चित भएको छ । सिनियर राष्ट्रिय टिमबाट निरन्तर खेल्दै आएका गुलशनले यू–१९ टिमबाट समेत एसिया कप खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
उनले यसअघि श्रीलंकामा भएको सिनियर टिम सम्मिलित एसिया कप समेत खेलेका थिए। साथै एसियन गेम र विश्वकप छनोटको टोलीमा उनी महत्त्वपूर्ण सदस्य थिए ।
गुलशन सिनियर र जुनियर दुवै टिमबाट नेपालका लागि एसिया कप खेल्ने पहिलो खेलाडी बन्ने भएका छन् ।
राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुलशनलाई यू–१९ टिममा राख्ने विषयमा नेपाल क्रिकेट संघ क्यानले समेत औपचारिक निर्णय गरेको छ ।
प्रशिक्षकसहित सबै सँगको सल्लाहबाट यो निर्णय गरिएको क्यानका सचिव पारस खड्काले बताए ।
नेपाल यू–१९ प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएको थियो। यू–१९ एसिया कप डिसेम्बर ८ देखि १८ सम्म यूएईमा हुँदै छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google