त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टिम घोषणा (सूचीसहित)

दर्पण दैनिक २९ आश्विन २०८०,१४:०९
post

काठमाडाैं । त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहित पौडेलको कप्तानीमा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको हो ।  राष्ट्रिय टोलीमा लोकेश बम र सूर्य तामाङले पनि स्थान बनाएका छन् । 

पौडेलको कप्तानीमा घोषणा गरिएको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, गुल्सन झा र सोमपाल कामी छन् । यसैगरी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव र सागर ढकाल पनि टिममा परेका छन् । यस्तै,  विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र मौसम ढकालले पनि टोलीमा स्थान बनाएका छन् । 

१ कात्तिकबाट सुरु हुने नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी-२० शृंखला १० कात्तिकसम्म चल्नेछ । नेपालले आफ्नो पहिलो खेल १ कात्तिकमा यूएईसँग खेल्नेछ । दोस्रो खेल नेपालले २ कात्तिकमा हङकङसँग खेल्नेछ । तेस्रो खेल कात्तिक ४ गते नेपालले हङकङसँग नै खेल्नेछ ।

चौथो खेल भने नेपालले ६ कात्तिकका दिन यूएईसँग खेल्नेछ । क्यानका अनुसार खेल डबल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । शीर्ष स्थानमा रहने दुई टिम १० कात्तिकमा उपाधिका लागि भिड्नेछन् । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: