बागमतीलाई सडन डेथमा हराउँदै संकटाले जित्याे सभापति कपको उपाधि

दर्पण दैनिक १७ माघ २०८१,२०:५०
post

काठमाडौं । संकटाले दशरथ रंगशालामा भएको फाइनलमा बागमतीलाई सडन डेथमा हराउँदै सभापति कपको उपाधि जितेको छ । दशरथ रंगशालामा भएको खेलका टाइब्रेकरमा संकटा ४–३ ले विजयी रह्यो । संकटाका लागि लक्षु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे । 

राम थापा र रोशन पहारीले भने गोल गर्न सकेनन् । बागमतीका लागि नवीन लामा, फोडे फोफाना र सेने एलेक्सले मात्र गोल गरे। कुलदीप कार्की, रजत तिवारी र गौरव श्रेष्ठ भने पेनाल्टीमा चुके ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगेपछि प्रतिस्पर्धा सिधै टाइब्रेकरमा प्रवेश गरेको हो । त्यस अवधिको खेल पूर्णतः संकटाको पकडमा रहे पनि कुनै गोल भने निस्कन सकेन् । उसको शृंखलाबद्ध आक्रमण निर्णायक सावित भएन । विजेताले उपाधिसँगै २६ लाख रुपैयाँ पनि हात पारेको छ । उप विजेताले भने १३ लाख रुपैयाँमै चित्त बुझाएको छ । सेमिफाइनलमा संकटाले मछिन्द्रलाई हराएको भने बागमतीले एनआरटीलाई पराजित गरेको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५