एसीसी प्रिमियर कप : नेपाल यूएईसँग ६ विकेटले पराजित

दर्पण दैनिक ७ बैशाख २०८१,१५:३८
post

काठमाडौं । साबिक विजेता नेपाल ओमान जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रवार भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो । हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ ।

अल अमारतमा टस हारेको नेपालले पहिला ब्याटिङको जिम्मा पाएको थियो। अधिकांश नेपाली ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरे । नेपालले केवल एक सय २० रनको लक्ष्य दियो । नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन जोडेको थियो ।

नेपालका ८ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। सन्दीप जोराले सर्वाधिक ५० रन जोडे । गुल्सन झाले २० र करन केसीले १७ रन बनाए । इनिङ्सको पहिलो बलमै कुशल भुर्तेल गोल्डेन डकआउट भएका थिए । रोहित पौडेलले १८ बलमा ५ रन जोडे भने आसिफ शेखले ८ रन बनाए । कुशल मल्ल ३ र दीपेन्द्रसिंह ऐरी ५ रन जोडेर आउट भए ।

यूएईका जुनैद खान, अलि नासिर र बासिल हमिदले २र२ तथा आयान अफजल खान, मुहम्मद फारुक र ओमिद सफि रहमानले एक एक विकेट लिए ।

यूएईले १७.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। ओपनर एलिसान सराफुले सर्वाधिक ५५ रन बनाए । विष्णु सुकुमारनले २८, आसिफ खानले १० र सेयद हैदरले १४ रन बनाए । १२ रन जोड्दा पहिलो विकेट गुमाएको यूएईले दोस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो ।

गुल्सन झाले २ तथा ललित नारायण राजवंशी र सोमपाल कामीले एक एक विकेट लिए । प्रतियोगिताको विजेता एसिया कपका लागि छनोट हुने छ ।

नेपालले गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको थियो। यस पटक नेपालले समूहगत चरणका सबै ४ खेल जितेर विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: