नेदरल्यान्ड्सलाई पराजित गर्दै युरो कपको फाइनलमा पुग्यो इङ्ल्यान्ड

दर्पण दैनिक २८ असार २०८१,०९:०६
post

काठमाडाैं । इङ्ल्यान्ड यूईएफए युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनल खेलमा नेदरल्यान्ड्सलाई २-१ ले पराजित गर्दै इङ्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवातमा नेदरल्यान्ड्सले अग्रता लिएको थियो । तर, इङ्ल्यान्डले पुनरागमन जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

नेदरल्यान्ड्सका जाभी सिमोन्सले ७औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । तर १८औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै ह्यारी केनले खेललाई बराबरीमा ल्याए । 

त्यस्तै ओलेइ वाट्किन्सले ९०औँ मिनेटमा गोल गरेसँगै इङ्ल्यान्ड विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो ।

अब इङ्ल्यान्डले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरिसकेको छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: