क्यानकाे कार्य तालिकासहितकाे वार्षिक क्यालेन्डर सार्वजनिक

दर्पण दैनिक २४ फाल्गुन २०८१,१४:५६
post

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ मा हुने गतिविधिको कार्यतालिकासहित वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।  शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै क्यानले २०२५ मा नेपाली राष्ट्रिय पुरुष र महिलाका साथै उमेर समूहमा हुने क्रिकेट तालिका सार्वजनिक गरेको हो ।

यो वर्ष नेपालको ध्यान विश्वकप छनोटका निम्ति केन्द्रित हुने क्यान सचिव पारस खड्काको भनाइ छ। नेपाली टोलीले अप्रिलमा हङकङ सिरिज, मेमा यूके भ्रमण गर्दै जुनमा आईसीसी विश्वकप लिग-२ खेल्नेछ ।

यस्तै, खड्काका अनुसार ट्वान्टी-२० विश्वकप छनोटको तयारी श्रीलंकामा हुनेछ। आउँदो अक्टोबरमा नेपालले ओमानमा विश्वकप छनोट खेल्नेछ। नोभेम्बरमा यूएईमा विश्वकप लिग-२ खेल्नेछ ।

महिला क्रिकेट टोलीले अप्रिलमा भुटानसँग ट्वान्टी-२० सिरिज खेल्ने क्यानले जनाएको छ ।  घरेलुतर्फ नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण नोभेम्बरमा सुरु हुनेछ। प्रधानमन्त्री कप क्रिकेट मार्चमा हुने कार्यतालिका छ ।  क्यानले खेलाडीको नयाँ ग्रेडिङ पनि छिटै सार्वजनिक गर्ने बताएको छ ।  

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: