स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

दर्पण दैनिक २३ माघ २०७९,१५:१४
post

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस् अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले काठमाडौंमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार क्रिकेटमा आसिफ शेख, टेनिसकी अभिलाष विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी मनोनयनमा परेका छन् ।

भोटिङका आधारमा यो विधाको विजेता छनोट गरिने छ । विजेता छनोटका लागि इसेवाबाट आउने भोटिङको मतभार ५० प्रतिशत रहने छ । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजमा गरिने भोटिङको मतभार २५ प्रतिशत रहने छ । यस्तै राष्ट्रिय प्रशिक्षकको मतभार १२.५ प्रतिशत र खेलकुद पत्रकारले गर्ने भोटिङको मतभार पनि १२.५ प्रतिशत रहने मञ्चले जनाएको छ ।

एसएमएस भोटिङका लागि मञ्चले इसेवासँग सम्झौता गरिसकेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने स्पोर्ट्स अवार्ड फागुन २३ गते हुनेछ । यस पटकको पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा पिपल्स च्वाइस अवार्डसँगै ९ विधामा अवार्ड प्रदान गरिने छ ।

त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेको छ । वर्ष खेलाडी पुरुष, महिला,युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन आगामी दिनमा सार्वजनिक गरिने मञ्चले जनाएको छ ।

मनोनयन नहुने विधाहरु लाइफटाइम अवार्ड, स्पेशल पारा एथलेट र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ । वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । यसपटक वर्षका युवा खेलाडीलाई पनि मोटर साइकल प्रदान गरिने मञ्चले जनाएको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: