नेपाल आइपुगे शिखर धवन

दर्पण दैनिक १४ मंसिर २०८१,१९:४९
post

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन् । कर्णाली याक्समा अनुबन्ध भएका धवन शुक्रबार साँझ नेपाल आइपुगेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको एनपिएल शनिबारदेखि सुरु हुनेछ ।

कर्णालीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी रहेका छन् । त्यसैगरी टोलीको मुख्य प्रशिक्षक राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन् । टोलीका विदेशी खेलाडीमा ओमानका पूर्वकप्तान जिशान मक्सुद, हङकङका बाबर हयात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा भारतका शिखर धवन रहेका छन् ।

वाल्टन, हायत र मक्सुद नेपाल आइसकेका थिए भने धवन आज साँझ नेपाल आइपुगेका हुन् । त्यसैगरी टोलीको अन्य खेलाडीमा गुलशन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिसविक्रमसिंह ठकुरी र दीपक डुम्रे छन् ।

कर्णालीले ट्यालेन्ट हन्टबाट विपीनप्रसाद शर्मालाई आइकोनिक खेलाडीका रूपमा छनोट गरिसकेको छ । युनिस हाल संयुक्त अरब इमिरेट्समा चलिरहेको यु–१९ टोलीमा एसिया कप खेलिरहेका छन् । यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ ।

नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्ससँगै काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेल यही मङ्सिर १५ गते शनिबार विराटनगर किङ्सस र जनकपुर बोल्ट्सबीच हुनेछ ।


 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post