एक दिवसीय क्रिकेटमा आशिफ शेखले पूरा गरे १००० रन

दर्पण दैनिक २५ फाल्गुन २०७९,११:५२
post

काठमाडौं । नेपाली ओपनर आशिफ शेखले एक दिवसीय क्रिकेटमा १ हजार रन पूरा गरेका छन् । आशिफले आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा १ हजार रन पूरा गरेका हुन् ।

आशिफले ३२ औं ओभरको दोस्रो बलमा ९० बलमा १० चौका र २ छक्का हान्दै वन डे क्रिकेटमा १ हजार रन पुरा गरेका हुन् । 

वन डे मा एक हजार रन पुरा गर्ने आशिफ दोस्रो खेलाडी हुन् । यसअघि घरेलु मैदानमा भएको लिग २ अन्गर्ततको खेलमा कप्तान रोहित पौडेलले १ हजार रन पूरा गरेका थिए । रोहितले नामिबियाविरुद्धको खेलमा १ हजार रन पूरा गरेका थिए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: