कराते महासंघको महाधिवेशन चितवनमा

दर्पण दैनिक ११ चैत्र २०७९,०६:५६
post

काठमाडाैं । नेपाल कराते महासंघको महाधिवेशन चितवनमा हुने भएको छ । महाधिवेशन पटिहानीस्थित कबर्डहलमा शनिबार हुने भएको हो । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन समारोहका संयोजक किशोर भट्टराईले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरू चितवन आउने क्रम जारी छ ।

गत माघ १२ गते राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव युवराज लामाको नेतृत्वमा बनेको २१ सदस्यीय तदर्थ समितिलाई ९० दिनभित्र निर्वाचन गर्ने अधिकार दिएको थियो । त्यहीअनुसार स्थानीय तहदेखि प्रदेशसम्मको अधिवेशन सकेर साधारणसभा तथा अधिवेशन गर्न लागिएको जनाइएको छ । महाधिवेशनमा ७६ जना प्रतिनिधिसहित ८० जना सहभागी हुनेछन् ।

कराते महासंघको तदर्थ समितिका २१ जना, सात प्रदेशबाट पाँच–पाँच जनाका दरले ३५ जना तथा महासंघमा आबद्ध चार विधाहरू (सितेरियो, गोजुरियो, वादुरियो र सोतोकान) करातेबाट पाँच–पाँचका दरले २० गरी कूल ७६ जनाले नयाँ कार्यसमितिका लागि मतदान गर्न पाउनेछन् ।

करातेको नयाँ विधानअनुसार २५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । तीमध्ये हरेक प्रदेशबाट एक–एक गरी सातजना केन्द्रीय सदस्यलाई सम्बन्धित प्रदेशले नै चयन गरेर पठाउने छ । महाधिवेशनले अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सात जना सदस्य रहेको समिति चयन गर्नेछ ।
वि.सं. २०६९ सालमा महासंघ गठन भएको थियो । - रासस

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: