महिला खेलाडीलाई चुम्बन गर्ने फुटबल महासंघका अध्यक्ष निलम्बित

दर्पण दैनिक १० भाद्र २०८०,०८:२६
post

एजेन्सी । फिफाले आफ्नो महिला खेलाडीलाई चुम्बन गर्ने स्पेनिस फुटबल महासंघका अध्यक्षलाई निलम्बन गरेको छ । महिला विश्वकप विजेता जेनी हर्मोसोलाई स्टेडियममै चुम्बन गर्ने स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई फिफाले ९० दिनका लागि निलम्बन गरेको हो । उनलाई ‘फुटबलसँग सम्बन्धित सबै गतिविधिहरू’बाट अस्थायी रूपमा फिफाले निलम्बन गरेको जानकारी दिइएको छ ।

हर्मोसो, उनका सहकर्मी र स्पेन सरकारको कडा आलोचना पछि उनलाई निलम्बन गरिएको हो । स्पेनले पहिलो पटक टूर्नामेंट जितेपछि गत आइतबार रुबियालेसले खेलाडी हर्मोसोलाई ओठमा चुम्बन गरेका थिए ।

हर्मोसोले चुम्बन अवांछित भएको र रुबियालेस अध्यक्ष रहँदासम्म खेल्न अस्वीकार गरेको बताउँदै आएकी थिइन । तर, रुबियालेसले चुम्बन सहमतिमा भएको दावी गर्दै आएका छन ।

रुबियल्स र स्पेनिस फुटबल महासंघलाई हर्मोसोलाई सम्पर्क गर्न प्रतिबन्ध लगाएको छ ।  बिहीबारबाट सुरु भएको अनुशासनात्मक कारबाही सकिएपछि थप जानकारी दिइने फिफाले जनाएको छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: