प्रथम शहीद लखन थापा स्मृति तथा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दर्पण दैनिक ३० मंसिर २०८०,२०:५८
post

गोरखा  । शहिद लखन थापा गाउँपालिकाको आयोजनामा गाउँपालिकास्तरीय प्रथम शहीद लखन थापा स्मृति तथा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी सुरु भएको छ । उक्त प्रतियोगिता गण्डकी प्रदेश सामजिक विकास तथा स्वास्थ्य मन्त्री सुसिला सिम्खडाले उद्घाटन गरन् ि। शहिद लखन गाउँपालिका प्रमुख रमेश बाबु थापा मगरको अध्यक्षतामा गाउँपालिकाको खेल मैदानमा एक कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सिम्खडाले खेल क्षेत्रले नेपाललाई विश्वमा चिनाउन सहयोग पुग्ने बताइन् । उनले भनिन्, ‘खेल क्षेत्रको विकासको लागी सबैको सहकार्य आवश्यक छ ।’

गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा श्री हिमाली माध्यामिक विद्यालयको सह–आयोजनामा आजदेखी प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिता गाउँपालिकाको खेल मैदान पिपल छापमा मङ्सिर ३० गतेदेखि पौष २ गतेसम्म हुनेछ । 
प्रतियोगितामा १८ वर्ष मुनिका पालिका भित्रका माध्यामिक विद्यालयबाट करिब २७० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रमुख राजेन्द्र खनालले बताए । 


पालिका अध्यक्ष रमेश बाबू थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी र प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरलगायतले शुभकामना मन्तव्य राखे । 

खेलाडीको मनोबल उच्च राखिदिनु सम्पूर्णमा अनुरोध गर्दै सहभागिता जनाउने सबै विद्यार्थी तथा विद्यालयहरुलाई पालिकाले सफलताको शुभकामना व्यक्त गरे ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: