नेदरल्यान्ड्सलाई हराउँदै स्पेन महिला विश्वकपको सेमिफाइनलमा

दर्पण दैनिक २६ श्रावण २०८०,१२:५९
post

काठमाडौं । विङगर सलमा पारालुलोको निर्णायक गोलमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन पहिलोपटक फिफा महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ । वेलिंगटन रिजनल स्टेडियममा शुक्रबार भएको क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई २–१ गोल अन्तरले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो । 

खेलको ७१औं मिनेटमा अल्बा रेडोन्डोको स्थान लिँदै मैदान प्रवेश गरेकी सलमाले १ सय ११औं मिनेटमा निर्णायक गोल गरेपछि स्पेन टच टोलीलाई हराउँदै महिला विश्वकपको सेमिफाइनलमा पुगेको हो । 

खेलको ८१औं मिनेटमा मारियोना क्याल्डेन्टीले पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् ।  खेलको इन्ज्युरी समयमा स्टेफनी भान डर ग्राग्टले गोल गर्दै नेदरल्यान्ड्सलाई बराबरी गोल फर्काएकी थिइन् ।

सन् २०१९ को उपविजेता नेदरल्यान्ड्सले भने योपटक अन्तिम ८ सम्मको यात्रा मात्र तय गर्न सफल भयो । सेमिफाइनलमा स्पेनले जापान र स्विडेनबीचको विजेतासँग मगंलबार खेल्नेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: